१० करोडमा बिक्न सक्छन् सन्दिप लामिछाने ( भिडियो सहित )

Sports

दिल्ली : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि आइतबार पनि अक्सन हुँदैछ ।

अक्सनमा कुन खेलाडीलाई कुन क्लबले कति पैसामा भित्र्याउला भनेर विश्वका क्रिकेटमा चासो राख्नेहरुले कान र आँखा चनाखो बनाएका छन् ।

वेष्ट इण्डिजका क्रिकेटर क्रिश गेल आइपियलको पहिलो चरणको अक्सनमा नबिकेपछि क्रिक्रेटप्रेमीका आँखा झनै चनाखो भएका छन् । तर नेपाली क्रिकेट प्रेमीका लागि भने त्यो भन्दा चासोको विषय सन्दीप लामिछानेलाई कुनै क्लबले लेलान कि नलेलान भन्नेमा छ ।
सन्दीपको नाम आइतबारको अक्सनमा आइपिएल क्लबहरु सामु बोलकबोलका लागि प्रस्तुत गरिनेछ । उनको न्युनतम भाउ २० लाख भारतीय रुपैयाँ हुनेछ । आइपिएलका आठमध्ये कुनै पनि टीमले सन्दीपलाई लिन सक्नेछ । हरेक टीमले बढीमा ८ जना विदेशी खेलाडी राख्न पाउँछन् ।

आइपिएलको बोलकबोलका लागि सूचीमा रहेका ५ सय ७८ जनामध्ये सन्दीप २ सय ७८ औ नम्बरमा छन् । सन्दीप अनक्याप्ड अर्थात नयाँ खेलाडीका रुपमा छन्। भारतिय मिडियाले पनि सन्दिप लामिछानेले मँहगोमा बिक्रि हुन सक्ने अनुमान गरेको छ ।

सन्दीपलाई अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले बोलकबोलको सूचमा परेकोमा बधाइ दिएका छन् । उनले कुनै टीमसँग सन्दीपलाई लिनेबारे पहल गरेको पनि हुनसक्छ । आइतबार दिउँसोसम्ममा सन्दीपले आइपिएल खेल्न पाउने नपाउने टुंगो लाग्नेछ ।

किङ कोहलीको कप्तानीमा भारतको पहिलो शिरिज हार

सेन्चुरियन : मोहम्मद सामीले ५ विकेट लिएपछि भारतले दक्षिण अफ्रिकासँगको टेष्ट श्रीङ्खलामा सान्त्वना जीत हात पारेको छ । जितका बावजुत तीन खेलको शिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ । भारतिय कप्तान बिराट कोहलीको यो पहिलो शिरिज हार हो ।

दक्षिण अफ्रिकाको जोहनेसबर्गमा भएको तेस्रो तथा अन्तिम टेष्टमा ६३ रनले विजयी हुँदै भारतले टेष्ट श्रीङ्खला क्लिनस्वीप हुनबाट जोगाएको हो ।

२ सय ४१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ सय २३ रन बनाउँदासम्म मात्र १ विकेट गुमाएको थियो । तर दोस्रो विकेटका रुपमा हासिम अम्ला ५२ रनमा आउट भएपछि दक्षिण अफ्रिका लगालगजसो विकेट पतनको शिकार भयो । र, १ सय ७७ रनमा समेटियो ।

डिन एल्गर ८६ रनमा नटआउट रहेपनि टीमलाई जिताउन भने सकेनन् । इग्लर, अम्ला र भेर्नोन फिलान्दरबाहेक दोस्रो पटक दक्षिण अफ्रिकाका सबै ब्याट्स्म्यान दोहोरो अंकमा रन नजोड्दै आउट भए । ४ जना ब्याट्स्म्यान त शुन्य रनमै पबेलियन फर्किएका थिए ।

भारतका मोहम्मद सामीले ५, जसप्रित बुमराह र इशान्त शर्माले दुई दुई तथा भुवनेश्वरकुमारले एक विकेट लिए । १२ ओभर ३ बल बलिङ गरेका सामीले २ मेडन राख्दै २८ रन खर्चिए । भारत र दक्षिण अफ्रिकाबिच ६ वटा एकदिवसीय क्रिकेट हुन बाँकी छ ।

भारतले पहिलो पालीमा १ सय ८७ र दोस्राे पटक २ सय ४७ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो पटक १ सय ९४ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *