राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ बजे ।

News Politics

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भयको छ  ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिए ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी आजै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्  । उनको  कार्यकाल पाँच वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *