पोखरामा सुरु भयो अत्याधुनिक मेसिन भएको जिम सेन्टर उत्घाटन -Mega Gym

Health

पोखरामा सुरु भयो अत्याधुनिक मेसिन भएको जिम सेन्टर

सुमन गुरुङ । पोखरा, माघ १ । पोखरा ट्रेडमलमा मेगा जिम सञ्चालनमा आएको छ । ब्यायाम क्षेत्रमा लागीरहेका ५ जना युवाहरुको लगानीमा मेगाजिम सञ्चालन भएको हो । पोखराका युवाहरु नविन श्रेष्ठ, केशव उदास, महेश उदास, राजकुमार घजु, विजय गुरुङ र मौलादिन मियाँले मेगा जिममा लगानी गरेका हुन् ।

जिमको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सीले सोमवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । करिव २ करोडको लगानीमा बनेको मेगाजिमको उद्घाटन गर्दै जि.सीले ब्यायम आजको आवश्यकता भएको भन्दै युवा हरुको जोस जाँगर र लगानीमा महानगरपालिकाको सक्दो सहयोग रहने बताए ।

ब्यस्त शहरी जिवन र खानपानको कारण मानिशहरुमा स्वास्थमा देखिने समस्याहरुलाई मध्यनजर गर्दै आफ्नो शरिरलाई नियमित स्वास्थ बनाईराख्न पोखरामा अन्तर्राष्ट्रियस्तरको आधुनिक ब्यायम केन्द्र सञ्चालनमा ल्याएको सञ्चाल नविन श्रेष्ठले जानकारी दिए । मेगाजिममा शान्त वातावरणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रशिक्षकहरुवाट तौल घटाउने, आवश्यकता अनुसार शरिरको वनावट बनाउने, जुम्वा डान्स तथा मुवेथाई बक्सिङ्गको सेवा पनि उपलब्ध गराईने उनले बताए ।

उद्घाटनको अवसरमा बिभिन्न छुटको ब्यवस्था रहेको पनि श्रेष्ठले जानकारी दिए । बार्षिक, अर्धवार्षिक तथा त्रैमासिक रुपमा अग्रिम रकम भुक्तानी गर्नेको लागी छुटको ब्यायममा आवश्यक जुत्ता, सेकर बोतल जस्ता समाग्री फ्रि गरिएको सञ्चालक तथा प्रशिक्षक केशव उदासले जानकारी दिए । साथै बेल्ट, पञ्जा, प्रोटिन लगायत सामानमा १० प्रतिशत छुट हुने उनले बताए ।
उद्घाटन कार्यक्रममा प्रदेशसभा सभासद् बिन्दुकुमार थापा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंह लगायतले शुभकामना दिएका थिए ।

मेगा जिमको फेसबुक पेजः लाईक गर्नुहोला

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

उत्घाटन समाहरोको तस्बिरहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *