Featured Video Play Icon

The Cartoonz Crew & Priyanka Karki New Song Machhile Khane

Latest Nepali Songs TOP VIDEOS

The Cartoonz Crew & Priyanka Karki New Song Machhile Khane

माछीले खाने खोलीको लेऊ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज
अधिकारीको अभिनय रहेको छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज
एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन्।

Machhile Khane

 

Machhile Khane

यसअघि चलचित्र पुरानो डुंगा को ‘नीर जैले रिसाउने’ बोलको गीतमा उनीहरूले
सँगै फिचरिङ गरेका थिए। बिहीवार सार्वजनिक भिडियोमा प्रियंका, आश्मा र
सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायांकन
सुदिप बरालले गरेका छन् । मेलिना राई र सरोज ओलीको
आवाजमा रहेको गीतमा बसन्त सापकोटाको संगीत छ।

गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता
पनि खुल्ला गरिएको छ। मार्च अन्तिमसम्मका लागि खुलेको
प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने
प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ ।
साथै यसअघि आएको गीत ‘जता जता पिरतीको
बाटो’को कभर डान्स प्रतियोगिताको बिजेता पोखराको
‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

 

source: nagarik news

Leave a Reply

Your email address will not be published. Required fields are marked *