S. L. C. पास ले जागिर खान पाउने ! लोक सेवाले माग्यो ५७५ खरिदार, शेयर गरि सबै साथि भाईलाई जानकारी दिनुहोस !

News

काठमाडौँः लोक सेवा आयोगले राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार) पदको पदपूर्तिको सूचना प्रकाशित गरेको छ।

खुला तथा समावेशी रुपमा हुने पदपूर्तिका लागि ५७५ कोटा निर्धारण गरिएको छ। यस्तै आन्तरिक खुलातर्फ १५९ जनाका लागि दरखास्त आह्वान भएको छ। आन्तरिक खुला र खुला कोटामा गरी ७३४ जनाको पदपूर्ति हुनेछ।

आयोगले न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, लेखा तथा व्यवस्थपिका संसद् सबै सेवामा जनशक्ति माग गरेको हो।

आयोगले पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा खुला तथा समावेशी गरी ३० कोटा निर्धारण गरेको छ। यस्तै मेचीमा १८, सगरमाथामा ९०, बाग्मतीमा ६८ जनाको कोटा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *