राष्ट्रिय फुटबलर बिमल चर्चित भारतीय क्लब मोहन बगानमा अनुबन्धित – Bimal Gharti Magar

Sports

काठमाडौं (खेलदैनिक) । भारतीय फुटबल जायन्ट मोहन बगान एसीले चर्चित नेपाली राष्ट्रिय फुटबलर Bimal Gharti Magar (बिमल घर्ती मगर) लाई अनुबन्ध गरेको छ । पूर्व आई लिग च्याम्पियन मोहन बगानले शनिबार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै बिमललाई सन् २०१७–१८ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको छ ।

सन् २०१४ को मार्चमा चर्चित बेल्जियन क्लब एन्डरलेक्टमा ट्रायलका लागि पुगेका बिमलले क्लबको यु–१६ टोलीहरुमा रहेर तीन प्रतियोगितामा सहभागिता जनाएका थिए । साथै उनले आफ्नो प्रदर्शनबाट धेरैलाई प्रभावित समेत पारेका थिए ।

लगतै २०१४ जुन ८ तारीखका दिन उनलाई क्लबको यु–१९ टोलीलाई छोटो समयका लागि अनुबन्ध गरिएको थियो । त्यसपछि बिमलले पहिलो पटक क्लबका लागि नेदरल्याण्डमा सम्पन्न कोपा डेल अगाथामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा बिमलले दुइ गोल समेत गरेका थिए ।

प्रतियोगिताको उपविजेता बनेको एन्डरलेक्टले फाइनलमा एटलेटिको पारानान्सेसँग ०–३ ले पराजित हुन

पुगेको थियो ।

बिमल सबैभन्दा कम उमेरमै नेपालको राष्ट्रिय टोलीबाट खेल्ने पहिलो खेलाडी हुन् । उनले केवल १४ बर्षको उमेरमा नेपालका लागि बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । बिमल आइतबार कोलकाता पुग्नेछन् भने सोमबारदेखि क्लबको अभ्यासमा सामेल हुनेछन् । क्लब र बिमलबीचको सम्झौताबारे थप खुलाइएको छैन ।

भारतीय फुटबल इतिहासकै सबैभन्दा सफल, पुरानो र चर्चित क्लब मध्ये एक मोहन बगानले सन् २०१४–१५ को आई लिग उपाधि समेत जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *