नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सार्वजनिक भए संगै यतिबेला ति तस्बिरहरुले निकै चर्चा पाइरहेको छ ।
सार्वजनिक तस्बिरमा आर्यनको घाटीमा गितारको ट्याटु देखिएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए ।आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको वुझन् सकिन्थ्यो ।
यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक संजालमा भाइरल बैइरहेको छ । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर अहिले हटाईसकेकि छिन् ।
उक्त तस्बिरमा साम्राज्ञीले ट्याटु शो गरेकी छिन् । उनको यो ट्याटु पनि चलचित्रका लागि बनाइएको हो कि भनेर अड्कल लगाउन सकिन्छ । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के थियो भन्ने वुझ्न गाह्रो नै पर्छ ।
हेर्नुस भिडियो सहित:
WATCH VIDEO
हाल फिलिपिन्समा छायांकन भैरहेको चलचित्र ‘कायरा’को निर्देशन लक्ष्मण रिजालले गरिरहेका छन् ।