विप्लवद्वारा ८ गते नेपाल बन्दको घोषणा विज्ञप्तिसहित

Breking News News

काठमाडौं। शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपा (विप्लवद्वारा ) यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ ।

विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनाैं नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको र राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको विरोधमा नेपाल बन्दको आयोजना गरिएको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ । सो पार्टीले नेपाल बन्दको अघिल्लो दिन ७ गते सोमबार देशभरी मसाल जुलुस प्रदर्शन गर्न र संघर्षका कार्यक्रमहरुमा सहभागी हुन पार्टीपंक्तीलाई निर्देशन गरेको छ ।

अाइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले युवा जनस्वयं सेवकको राष्ट्रिय सम्मेलनका लागि जाँदै गरेका स्थायी समिति सदस्य सुदर्शन र पीबीएम पदम राई लगायतका दर्जनौं युवा नेता र कार्यकर्ताहरुलाई गिफ्तार गरेको र शान्तिपूर्ण रुपमा गर्न लागिएको राष्ट्रिय सम्मेलनमाथि राज्य प्रशासनले दमन गरेको भन्दै घोर निन्दा गरेका छन् ।

विप्लवले आफना पार्टीका उच्च तहका नेता र दर्जनौं कार्यकर्ताहरुलाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतवनी दिदै ८ गतेको नेपाल बन्द सफल पार्न पार्टी पंक्ती र आम जनतालाई अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *