रामेछापका डिएसपी सरुवा हुनु र मनोज पुन मारिनुको सम्बन्ध यस्तो रहेछ

Breking News News

काठमाडौं । मुलुकमा दिनानु दिन अपराधका घटना बढिरहेका बेला प्रहरीलाई अपराधको नियन्त्रण गर्न कठिन भईरहेकोे पाईन्छ । कतिपय घटनामा प्रहरीकै मिलेमतोमा यस्ता क्रियाकलाप भएको छन् । तर यस्ता घटना भन्दा अलिक पृथक घटना भर्खरै हुन पुगेको छ । गत साता जिल्ला प्रहरी कार्यालय रामेछापका इन्चार्ज डिएसपी कुमोध ढुंगेलको एक्कासि सरुवा भयो। प्रहरी प्रधान कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरेको थियो। एउटा मात्र जिल्लाको इन्चार्ज फेरिनुलाई कतिपयले अनौठो रुपमा लिएका थिए।

उक्त सरुवाको रहस्य बुधबार खुलेको छ। बुधबार बिहान ुमोस्ट वान्टेड गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी गोलीबाट ढल्नुमा उक्त सरुवाको सम्बन्ध देखिएको छ।

हत्या र असुलीको आतंक मच्चाउदै आएका पुनलाई पक्राउ गर्नकै लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरिएको हो। उनकै कमाण्डमा रहेको टिमसँगको मुठभेडमा पुन र आले मारिएका हुन्। स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सोही मिसनका लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरेको थियो।

चरी र पुनको इन्काउन्टरमा एउटै टोली 
डिएसपी ढुंगेल तिनै प्रहरी अधिकारी हुन्, जो ३ वर्षअघि डन दिनेश अधिकारी चरीको इन्काउन्टरमा आबद्ध थिए। त्यतिबेला उनी महानगरीय अपराध महाशाखामा इन्सपेक्टरका रुपमा कार्यरत थिए।

२०७१ साउन २१ मा भीमढुंगामा अधिकारीको मृत्यु भएको थियो। त्यतिबेला महाशाखाको प्रमुखमा पुष्कर कार्की थिए। संयोगवश उनै कार्कीले मनोज पुन इन्काउन्टरको पनि केन्द्रीय तहबाट समन्वय गरेका थिए।

चरी र पुन दुवैलाई गोली हान्ने प्रहरी अधिकृतसमेत एकै जना भएको प्रहरी स्रोत बताउँछ। जुन घटना हुन गयो यो कतिको कानुन सँगत हो ? यसको जबाफ त प्रहरी आँफै सँग छ ।

प्रहरी स्रोतका अनुसार मनोज पुनलाई १२ र अर्का सोम आलेलाई १० गोली

मनोज पुनलाई १२ गोली लागेको छ । अगाडीको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ।

पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।

-news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *