यहि माघ १९ र २० गते भृकुटीमण्डपमा गई सेयरबजारमा लगानी गर्ने कला जान्नु होस् ।

Business Market शेयर बजार

यही माघ १९ र २० गते भृकुटीमण्डपमा बैंकिङ एक्स्पो हुने भएको छ । यदि तपाई पनि सेयर बजारमा लगानी गर्ने तरिका थाहा पाउन इच्छुक हुनुहुन्छ भने एक्स्पोमा जान नछुटाउनु होस् । नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ तथा माइक्रोफाइनान्स बैंकर्स संघ सँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त एक्स्पोको आयोजना गर्ने भएको हो ।

साथै एक्स्पोमा नेपाल धितोपत्र बोर्ड, ब्रोकर एसोसिएसन मर्चेन्ट बैंकहरुको स्टलहरु पनि रहने भएको छ । एक्पोबाट तपाईँले सेयर बजारसम्बन्धी सम्पूर्ण सूचनामुलक जानकारीहरु प्राप्त गर्नु हुनेछ । धितोपत्र बोर्ड र यसका कार्यहरु, सेयर ब्रोकरको कार्यहरु, सेयर किन्ने तथा बेच्ने तरिका, मर्चेन्ट बैंकहरुको कार्यहरु लगायतका अरु विभिन्न विषयमा जानकारी पाउनु हुनेछ ।

उक्त एक्स्पो अवधिभर सेयर बजारको विषयमा गोष्ठी पनि संचालन हुने भएको छ । उक्त गोष्ठीमा सम्बन्धित विषयका विज्ञहरुको उपस्थिती पनि हुने भएको छ । गोष्ठीमा सहभागीहरुले पुँजी बजारबारे आफूले जान्न चाहने सम्पूर्ण प्रश्नहरु सम्बन्धित विज्ञहरुका समक्ष राख्न पाउनु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *