महिनावारी हुँदा कसरी यौन सम्पर्क गर्ने ? प्रत्येक पुरुषले ख्याल गर्नु पर्ने १० प्रयोगहरु हेर्नुस् ध्यान दिनुस्

यौन जिज्ञासा यौन मनोविज्ञान

महिनावारी हुँदा कसरी यौन सम्पर्क गर्ने ? प्रत्येक पुरुषले ख्याल गर्नु पर्ने १० प्रयोगहरु हेर्नुस् ध्यान दिनुस्

महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो मासिक श्राव । तर यो विषयमा थरिथरिका विचारहरु पाइन्छन् । परम्परागत हिन्दू धार्मिक मान्यताल महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार, महिनावारी हुँदा महिलाको शरीरबाट फोहोर रगत निस्किने हुँदा उनी अशुद्ध हुन्छिन् । त्यसैले महिनाबारी हुँदा महिलालाई खाना पकाउन नदिने, पूजाआजामा सहभागी हुन नपाइने, अरुसँग नछोइकन बस्नुपर्ने नियम बनाइएका छन् ।

तर समयक्रम परिवर्तन हुँदै जाँदा यो प्रक्रियालाई सामान्य नियमित जैविकीय अवस्थामा लिएर महिलाहरुलाई महिनावरी भएकै कारण गरिने छुवाछूतलाई अस्वीकार गर्ने मान्यता र संस्कारको विकास हुँदै गएको छ।महिनावारी हुँदा शरीरबाट फोहोर रगत निस्किन्छ तर उचित सरसफाई गर्ने हो भने महिलासँग कुनै किसिमले छुवाछूत हुनुहुँदैन भनेर सामान्य व्यवहार गर्ने चलन बढ्दै गएको हो । चिकित्सा विज्ञानले महिनावारीलाई सामान्य अवस्था मान्दछ । सरसफाईमा विशेष ध्यान दिने भने आग्रह गर्दछ विज्ञानले ।

 

तर महिलालाई टाढै राख्नुपर्ने, यसलाई अनौठौ र अशुद्ध अवस्थाका रुपमा हेर्न नहुनेमा सबैले जोड दिएका हुन्छन् ।।तर यौनसम्पर्कको बारेमा नि ? यहाँ पनि थरिथरिका गलत र भ्रामक धारणाहरु फैलिएका हुन्छन् । कतिपयले महिनावारीमा यौनसम्पर्कको कुरा गर्दा छिः छिः भन्ने गर्दछन् भने कतिपये यसलाई सामान्य अर्थमा लिन्छन् । महिनाबारीमा सेक्स गर्ने कि नगर्ने त ? हिन्दू मान्यताले त महिलालाई छुनै नहुने भन्छ त्यसैले त्यो आधारमा हामीले कुरा गर्दैनौं तर स्वास्थ्यविज्ञानले भने यस्तो अवस्थामा पनि यौनसम्पर्क गर्न सकिने बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *