नेपाल सरकार तथा नेपाली जनतालाई भारत सरकारले बल्ल दियो बधाई ।

भारतीय विदेश मन्त्री शुष्मा स्वराज काठमाडौं भ्रमणबाट फर्किएपछि एक विज्ञप्ति जारी गरेर निर्वाचनका लागि नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्रीले नेपालमा तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिनुभएको छ, जुन नेपालको प्रजातान्त्रिक परिवर्तनमा महत्वपूर्ण कोसेढुंगा हो।’

विज्ञप्तिमा यो पनि उल्लेख छ कि, ‘सफलतापूर्वक सम्पन्न पहिलो प्रान्तीय तथा संसदीय निर्वाचनपछि नेपाल भ्रमण गर्ने स्वराज पहिलो उच्च राजनीतिज्ञ हुन् । नेपाल भ्रमणका दौरान उहाँले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग कलअन भेटघाट गर्नुभयो । त्यसैगरी एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका संयोजक महन्थ ठाकुर तथा राजपाका अन्य नेतासँग भेटवार्ता गरी चुनाव सम्पन्न गराएकोमा बधाई दिनुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *