नेपाललाई ऐतिहासिक सफलता, पहिलोपल्ट पायो एक दिवसिय मान्यता !

News Sports

नेदर्ल्यान्डले हङकङलाई हराएसङै नेपालले एक दिवसिय मान्यता पाएको छ। यो नेपाली क्रीकेट जगतको सबैभन्दा ठुलो उपलब्धी हो। नेपालले एक दिवसिय मान्यता प्राप्त गरेको यो पहिलो पटक हो। यदी आज हङकङ बिजयी भएको भए नेपालले फेरी अर्को खेलमा जित हात पार्न पर्ने हुन्थ्यो। तर नेदर्ल्यान्डको जितसङै नेपालको एक दिवसिय मान्यता पनि पक्क भएको हो।

यसअघी नेपालले पिएनजीलाई ६ विकेटले पराजित गरेको थियो।

१ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा विकेट गुमाउँदै रन बनायो । नेपालका लागि बलिङमा ४ विकेट लिएका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक रन बनाए । सुरुवाती निकै खराब प्रदर्शन गरेको नेपालका ओपनिङ ब्याटसम्यानले आज पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
ओपनर ज्ञानेन्द्र मल्ल(१) अर्का ओपनर अनिल साह(९) रनमा आउट भए । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कप्तान पारस खडका (२०) रनमा आउट हुँदा नेपालको ब्याटिङ लाइन धरमराएको थियो । खराब अवस्थामा रहेको नेपालको ब्याटिङलाई दिपेन्द्रसिंह ऐरी र आरिफ सेखको जोडिले जितको बाटोमा डोराएका थिए ।
नेपालको सय रन पूरा भएपछि आउट भएका आरिफले २६ रन बनाएर आउट भए । रोहित पौडेलले रन बनाए ।
यसअघि बलिङ गरेको नेपालका सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ४ ४ तथा करण केसी र सोमपाल कामीले १ १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *