दुई प्रतिशत ब्याजको भुकम्प पीडितलाई ऋण

Breking News News

काठमाडौं फागुन १६। भुकम्प पीडितले दुई प्रतिशत ब्याजमै घर बनाउने पाउने ऋणको विषयमा प्रचार हुन नसक्दा ऋण कसरी लिने भुकम्प पिडितहरुलाई जानकारी समेत छैन ।

अब यस ऋण स्किमको प्रचारप्रसार बैंकरले आफै गर्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक प्रचार प्रशार नभएका कारण भुकम्प पीडितले सस्तो ब्याजमा ऋण पाउँदा पनि घर बनाउन नसकेको भन्दै बैंकर्स संघसँग सहयोग मागेको थियो ।

संघका सबै सदस्य बैंकहरुको आइतबार बसेको बैठकले प्राधिकरणको आग्रह अनुसार सस्तो कर्जाको बारेमा प्रचारप्रशार गर्ने सहमति भएको एक बैंकरले बताए।

भुकम्प गएलगत्तै नेपाल राष्ट्र बैंकले दुई प्रतिशत ब्याजको स्किम ल्याएको थियो । बैंकहरुले आवश्यक सहयोग नगरिदिँदा स्किमबाट ठूलो समूह लाभान्वित हुन सकेको थिएन ।

यो स्किम अनुसार राष्ट्र बैंकले शुन्य प्रतिशतमै बैंकहरुलाई पुनर्कर्जा उपलब्ध गराउँछ। त्यो पुनर्कर्जा बैंकहरुले दुई प्रतिशत मार्जिन लिएर ग्राहकलाई दिन पाउँछन् ।

५ प्रतिशतसम्म स्प्रेड खाएर बसेका बैंकहरुले यसलाई प्रचारप्रशार गरेनन्। राष्ट्र बैंकले काठमाडौंमा २५ र वाहिर १५ लाख रुपैयाँसम्म ऋण दिन पाउने स्किम ल्याएको थियो ।

ऋण तिर्ने अवधि १० बर्षसम्म राखिएको थियो । बैंकरले अब भुकम्प पीडित भएका क्षेत्रको शाखा कार्यालयमार्फत ऋणको बजारीकरण गर्ने भएका छन् ।

उनीहरुले स्थानीय रेडियो तथा पत्रपत्रिकामार्फत पनि दुई प्रतिशत ब्याजको स्किम बारे सर्वसाधारणलाई जानकारी गराउने भएका हुन् । राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म एक अर्ब १२ करोड रुपैयाँ यस्तो ऋण गएको छ। धादिङपोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *