केन्या बिरुद्ध पाँच विकेट लिएर रेकर्ड बनाएका सन्दिपको बारेमा फेरि बोल्यो दिल्ली डेयरडेबिल्स

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा केन्या बिरुद्ध नेपाली स्टार स्पिनर सन्दिप लामिछाने सानदार प्रदर्शन गरेका छन् । खेलमा उनले १० अोभर बलिङ गर्दै ५ मेडन सहित मात्र २० रन दिएर केन्याको पाँच विकेट लिएका छन् । सन्दिपको यो प्रदर्शन लिस्ट ए मान्यता प्राप्त खेलमा कुनै पनि नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

यसबिच केन्य बिरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि अाईपिएलको दिल्ली टिमले फेरि सन्दिपको तारिफ गर्दै ट्विट गरेको छ । यस्तो छ दिल्ली डेयरडेबिल्सको अफिसियल ट्विट एकाउण्टबाट अाएको ताजा ट्विट

यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि उनले नामिबियाविरुद्ध ४ विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा ओमानविरुद्ध २ तथा आइतबार भएको तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । जारी प्रतियोगिताको चार खेलमा सन्दिपले १४ विकेट लिएका छन् ।

डिभिजन टूमा एकै प्रतियोगितामा धेरै विकेट लिने बलरमा सन्दीप अगाडि आएका छन । २०१५ को डिभिजन-२ मा सोमपाल कामीले नेपालका तर्फबाट ११ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *