काभ्रेमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु, पनौती बनेपा सडक खण्ड अवरुद्ध

News

काभ्रे, ३ चैत : बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको बसले विपरित दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई बनेपा आइटी पार्क नजिक ठक्कर दिदा दुर्घटना भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप चिसापानीका बालकृष्ण श्रेष्ठको उपचारको क्रममा शिर मेमोरियल हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । घटनापछि अहिले पनौती बनेपा सडक खण्ड अवरुद्ध भएको छ l थप जानकारी आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *