कांग्रेस नेताले जब जुत्ता पालिस गरे…

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता धनराज गुरुङ, चन्द्र भण्डारी लगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गर्दै।

तस्बिरः नारायण महर्जन

नेपाली कांग्रेसका नेता धनराज गुरुङ, चन्द्र भण्डारीलगायतले सडकमा बसेर सर्वसाधारणका जुत्ता पालिस गरेका छन्।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मंगलबार बिहान १० देखि ११ बजेसम्म उनीहरूले बानेश्वर चोकमा जुत्ता पालिस गरेका हुन्।

शहीद दिवसको अवसरमा मुलुकको राजनीति फेर्नुपर्छ भन्ने सन्देश दिन आफूहरूले जुत्ता पालिस गर्ने कार्यक्रम आयोजना गरेको नेता धनराज गुरुङले सेतोपाटीलाई बताए।

‘हाम्रा शहीदले जुन बलिदान देशको लागि दिएका थिए अहिलेको राजनीतिमा त्यस्तो बलिदानी भावना छैन। त्यसैले मुलुकको राजनीतिमा सुधार आवश्यक छ भनेर हामीले व्यङ्ग्यात्मक रूपमा जुत्ता पालिस गर्ने कार्यक्रम राखेका हौँ,’ गुरुङले भने।

नेता भट्टराईले पनि नैतिकताको राजनीति गरेकाले त्यसबाट अब राजनीति गर्नेहरूले पाठ सिक्नुपर्ने उनले बताए। ‘देशमा जुन भ्रष्टाचार व्याप्त छ, राजनीति भ्रष्ट छ यी सबैलाई हटाएर राजनीतिक शुद्धीकरण आवश्यक छ। हामीलाई किसुनजीले नैतिकताको राजनीति गर्न सिकाउनुभएको थियो त नैतिकताको राजनीतिका निम्ति आजैबाट हामी लाग्नुपर्छ भनेर सांकेतिक कार्यक्रम गरिएको हो,’ गुरुङले भने।

 

source : setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *