काठमाडौं – नेपाल विद्यार्थी संघले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढेको सरकारी गाडी नियन्त्रणमा लिएको छ। नेविसंघका कार्यकर्ताले कमलपोखरीबाट ढुंगाना सवार गाडी नियन्त्रणमा लिएका हुन्।
शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका हुन् ।
नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प कुमार शाहीले सरकारी नम्मर प्लेलका गाडीलाई नियन्त्रणमा लियर सरकारविरुण प्रदर्शन गर्ने आफूहरुको नीति रहेकाले सचिव ढुंगानाको गाडी निन्त्रणमा लिएको जानकारी दिए।
उनले सरकारले २०७२ सालको संविधानको दुरुपयोग गर्दै दुई तिहाई बहुमतको दम्भ देखाएर संसदीय अभ्यासलाई कुल्चदै प्रतिपक्षको अस्तित्व नस्वीकारेर अगाडि बढेकाले दवास सिर्जना सरकारविरुद्ध आन्दोलन जारी रहेको जानकारी दिए। उनले शनिबार सरकारी गाडी चल्न नदिने र चलेको भेटाए नियन्त्रणमा लिने बताए।