अनशन स्थलबाटै डा. गोविन्द केसी पक्राउ परे

Politics

अनशनरत डाक्टर गोविन्द केसीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार डाक्टर केसीलाई अदालतको अवहेलना गरेको मुद्धामा महानगरीय प्रहरी प्रभाग सिंहदरबारले पक्राउ गरेको हो ।

केसीलाई अनशनरत स्थल त्रिवि शिक्षण अस्पतालबाटै प्रहरी अस्पतालको भ्यानमा राखेर महानगरीय प्रहरी प्रभाग सिंहदरबार लगेको हो ।

आजै अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।

उनलार्इ सिंहरदबार प्रहरी कहाँ राख्ने सम्भावना छ । केसीले अदालतको अवहेलना गरेको भन्दै  न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो ।

अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनवेच गर्ने विचौलियाको केन्द्र भएको आरोप डाक्टर केसीको छ । केसीले अब न्यायालयलाई आदर्शको केन्द्र बनाउनुपर्ने भन्दै बिरोध गरेका थिए ।

बिरोधको लागि सक्दो सेयर गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *